कांग्रेसले बाेलायाे संसदीय दल कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

नेपाली कांग्रेसको सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्नेछ । नेपाली कांग्रेसले मंगलबार बिहान ७ बजे बिहान ९ बजे बोलाएको छ ।

सभामुख र उपसभामुखको निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले बैठक बोलाएको हो ।

Published : Tuesday, 2020 January 21, 8:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया