युवा विकास सहकारीको पहिलो शाखा कुलेश्वरमा स्थापना, खतिवडाले दिए शुभकामना

काठमाडौं । युवा विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पहिलो शाखा काठमाडौंको कुलेश्वरमा खोलेको छ ।

काठमाडौंका न्युरोडमा मुख्य कार्यालय रहेको सहकारीले आफ्नो पहिलो शाखा कुलेश्वरमा शुक्रबार विशेष कार्यक्रम गरेर स्थापना गरेको हो ।

शाखाको शुभारम्भ गर्ने क्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सरकारले व्यवसायी र कर्पोरेटको क्षेत्रमा कडा गरिरहेका बेला युवा विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले हिम्मत गरेर आफ्नो पहिलो शाखा स्थापना गरेको भन्दै खुसी व्यक्त गरे ।

‘स–साना व्यवसायी र लगानीकर्तालाई यो सहकारीले समेट्न सफल भएको छ’, उनले भने, ‘तपाईहरूको सेवा राम्रो भएका कारण पहिलो शाखा स्थापना गर्न सफल हुनुभएको छ । आगामी दिनमा छिट्टै दोस्रो शाखा पनि स्थापना गर्न सफल हुनुहोस् । मेरो शुभकामना छ ।’

युवा नेता खतिवडाले व्यवसायीहरूलाई व्यवसाय गर्न सहज वातावरण बनाइदिन सरकारसँग आग्रह पनि गरेका छन् । निजी क्षेत्रले सहज रुपमा काम गर्न सक्यो भने मात्रै देशको विकासदेखि रोजगारी सिर्जना हुने खतिवडाको भनाइ थियो ।

शाखाको नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडा र सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक दुर्जकुमार राईले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सहकारीका कर्मचारीहरूले नयाँ शाखा स्थापना भएकोमा खुसी व्यक्त गरेका थिए ।

युवा विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष किसान राईले पाँच वर्ष अगाडि शुरु गरेको सहकारीको व्यवसायले राम्रो गर्न सफल भएको बताए ।

उनले २५ करोडको पुँजी बनाउन सफल भएको भन्दै सहकारीमा तीन हजारभन्दा धेरै सेयर संख्या रहेको बताए ।

अध्यक्ष राईले व्यावसायिक प्रयोजनका लागि रिचार्जर एपदेखि मोबाइल फोनको पसल समेत सञ्चालन गर्दै आएका मछन् ।

सानै उमेरदेखि विदेश जाने योजना बनाएका राईले विदेशको सबै योजना परित्याग गरेर मोबाइल फोनको पसलदेखि सहकारी संस्था सञ्चालनसम्म आइपुगेका हुन् ।

Published : Friday, 2020 January 17, 1:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया