खेलकुदमा अनुशासन सबैभन्दा ठूलो कुराः कांग्रेस नेता बानियाँ

ललितपुर । प्रमुख विपक्ष नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले खेलकुदमा अनुशासनको ठूलो महत्व रहने भन्दै वीर गणेशमान सिंहको नाममा भएको किक बक्सिङ प्रतियोगिताको सफलताको कामना गरेका छन् ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा बिहीबार वीर गणेशमान सिंह तेस्रो राष्ट्रय खुल्ला किक बक्सिङ प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता बानियाँले त्यागी नेता गणेशमान सिंहको नाममा हुन लागेको प्रतियोगिताले ललितपुरका युवा र खेलाडीहरूमो जोश जाँगर थपिएको बताए ।

‘खेलमा अनुशासन महत्वपूर्ण हुन्छ’, उनले भने, ‘खेलमा जितहार पनि हुन्छ । त्यसलाई अनुशासित रुपमा लिनुपर्छ ।’

तीन वर्षदेखि लगातार हुँदै आएको खेलकुद प्रतियोगिताको संयोजन गर्ने नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनलाई नेता बानियाँले बधाइ समेत दिए ।

Published : Thursday, 2020 January 16, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया