१४औँ महाविधेशनबाट शेरबहादुरलाई हटाउँछौँः डा.शशांक कोइराला

भरतपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको आरोप लगाएका छन् ।

चितवनमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै डा.कोइरालाले १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुने दावी गरे ।

‘म चार वर्षसम्म चुप लागेर बसेको हुँ’, उनले भने, ‘पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर बसेँ । तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ ।’

शुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको डा.कोइरालाको भनाइ थियो ।

सभापति शेरबहादुर देउवाबाट अहिलेसम्म संगठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन नसकेको डा.कोइरालाले बताए ।

सभापति देउवाप्रति कडारुपमा प्रस्तुत भएका महामन्त्री डा.कोइरालाले अबका दिनमा कांग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने बताए ।

कम्युनिस्ट सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको उनले बताए ।

Published : Saturday, 2020 January 11, 4:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया