ललितपुरमा महर्जनको मिटर ब्याज धन्दा, कहँबाट आयो करोडौंको सम्पत्ति ?

ललितपुर । घर जग्गा होस् वा सवारी साधान खरिद गर्न मात्र होइन दश लाखभन्दा माथि बैकिङ कारोबार गर्न पनि स्रोत खुलाउनु पर्ने कानूनी व्यवस्था छ । यहि कानूनी व्यवस्थाअनुसार नै प्रक्रिया पूरा गरेर कारोबार हुँदै आएको छ ।

कानून सहि तरिकाले प्रयोग भएको छ छैन भनेर हेर्ने न्यायलयमा भने करोडौं रुपैंयाको अवैध कारोबार वैध तरिकाले बिसर्जन भईरहेको तथ्य फेला परेको छ ।
अवैध मिटर ब्याजमा लगानी गर्ने गिरोहले कानूनको कमजोरीको फाईदा उठाउँदा न्यायलयलाई ढाल बनाउँदै असुली केन्द्र बनाएका छन् ।

पछिल्लो समय मिटरब्याजीका नाईकेका रुपमा चिनिएका ललितपुरका महेशबहादुर सिंह र काभ्रेका वीरेन्द्रलाल श्रेष्ठपछि त्यहि शैलीमा मिटर ब्याजमा पैसा लगानी गरेर घर जग्गा हड्प्ने काममा ललितपुर इमाडोलका सुरेश मर्हजनको नाम अगाडि आउँछ ।

महर्जनले सिंह र श्रेष्ठको शैलीमा मिटर ब्याजमा पैसा लगानी गरेर अदालतलाई भ्रममा पारी दर्जनौ सर्बसाधारणको घरबासे बिल्लीबाठ पार्दै आएको प्रमाण बाहिरिएकाे छ ।

एक जनालाई दिएको पैसाको महर्जनले घर परिवार सबैलाई भिन्दाभिन्दै कागज गराउने र पटक–पटक गरेर मुद्दा हाल्ने गर्दै आएका छन् । उनले जिल्ला अदालत काठमाडौं र ललितपुर मात्र २० करोडभन्दा बढीको मुद्दा दर्ता गराएका छन् ।

उनको योे पैसाको स्रोत भने अदालतले खोजेको छैन । गतवर्ष सर्वोच्च अदालतले मिटर ब्याजीका नाईके महेश सिंहले बिभिन्न अदालतमा हालेको ५० करोडभन्दा बढीको मुद्दाको मिशिल निकालेर सो सम्पत्तिको स्रोत मागेपछि सिंह फरार भएका थिए ।

अहिले उनको सो मुद्दाको विषयमा सम्पत्ति शुद्धीकरणले अनुसन्धान गरिरहेको छ । पछिल्लो समय महर्जनको उक्त सम्पत्तीको अनुसन्धान बिभागमा भइरहेको छ ।

स्रोतका अनुसार उनले ललितपुर जिल्ला अदालतमा मात्र २० करोडभन्दा बढीको लेनदेन र वैदेशिक रोजगारीको मुद्दा दर्ता गराएका छन् । उनको यो पैसा स्रोत समेत खोजी हुन जरुरी रहेको पीडितलगायतले बताउँदै आएका छन् ।

ललितपुर महानगर–८ का पुनवीर महर्जनका छोरा पछिल्लो समय एकाएक नव धनाड्यको रुपमा देखापर्नुको स्रोतको पनि खोजीनीति हुन आवश्यक रहेको पीडित बताउँछन् ।

उनले सामान्य व्यापारीलाई ब्याजमा पैसा लगानी गरेर मिटर ब्याजमा असुल्दै आएका छन् । उनलाई ६ महिना अगाडि एक अज्ञात समूहले ग्वार्कोमा खुकुरी प्रहार समेत गरेको थियो । केही भ्रष्ट प्रहरीको मिलोमतामो मर्हजनले मिटर ब्याजको धन्दा चलाउँदै आएका हुन् ।

उनले टेकुका व्यापारी केशव तन्डुकार, बुढानीलकण्ठका कपिल भण्डारी, ललितपुरका नारायण महर्जन, भीम सापकोटा देवेन श्रेष्ठलगायतलाई पीडित बनाएका छन् । (जनप्रहार साप्ताहिकबाट साभार)

Published : Saturday, 2020 January 11, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया