रक्षामन्त्री पोखरेल चढेको हेलिकप्ट आकस्मिक अवतरण

काठमाडौं । कम्युनिस्ट सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

मौसममा खराबी आएपछि पोखरेल सवार नेपाली सेनाको बेल हेलिकोप्टर पाल्पामा अवतरण गरेको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बुटवलमा मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्काइएको बताएका छन् ।

Published : Friday, 2020 January 10, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया