कांग्रेस सांसद शाहका चालक प्रहरी समक्ष आफै उपस्थित

कृष्णानगर । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहका चालकले शशिकान्त कहांरले आफूलाई कुटपिट गरेको भन्दै राप्रपाका स्थानीय नेता श्यामकुमार मिश्राविरुद्ध प्रहरीमा लिखित उजुरी दिएका छन् ।

पुस ५ गते शनिबारका दिन कपिलवस्तु क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसी सांसदको कृष्णानगरस्थित निवासमा चालक शशिकान्त र श्यामकुमारवीच कुटाकुट भएको थियो । कुटपिटमा राप्रपाका श्यामकुमारले नै चालक शशिकान्तको छातीमा गम्भीर चोट लाग्ने गरेर कुटपिट गरेका थिए ।

चालक शशिकान्त र श्यामकुमारवीच कुटाकुट भएपनि श्यामकुमारले कांग्रेसका सांसद शाहले कुटपिट गरेको भन्दै शाहविरुद्ध प्रहरीमा लिखित उजुरी दिएका थिए ।

मदिरा सेवन गरेर लठ परेका राप्रपाका श्यामकुमारले नै बरु सांसद शाहलाई अपशब्द गर्नुका साथै उनका चालक शशिकान्तलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चालक शशिकान्तले भारतमा गएर उपचार गराएका थिए ।

यता, आफूलाई कुटपिट गरेको भन्दै राप्रपाका श्यामकुमारले चालक शशिकान्त कहांरले उजुरी हालेपछि शाशिकान्त आफै प्रहरीमा बिहीबार निवेदनसहित उपस्थित भइ आफू पनि पीडित रहेको बताएका थिए । चालक शशिकान्तले पनि राप्रपाका श्यामकुमारविरुद्ध कृष्णानगर प्रहरीमा उजुरी दिएपनि कारबाही भएको छैन ।

घटनापछि औषधि गराउन भारत गएका शाशिकान्तले आफूमाथि मुद्दा लगाइएको कुरा थाहै नभएको भन्दै प्रहरी समक्ष हाजिर हुन नसकेको ईलाका प्रहरी कार्यालय कृष्णानगरमा दिइएको निवेदनमा उल्लेख गरेका छन् ।

घटनामा श्यामकुमार मिश्रले पनि आफ्नो छातीमा खुट्टाले हिर्काएकाले दुखाई हुनुका साथै भारत गई उपचार गराउँदै आएको प्रहरीलाई जानकारी गराएका छन् ।

चालक शशिकुमारले आफू निर्दाेष रहेको बताएका छन् । घटनाको सत्यतथ्य छानबिन र अनुसन्धान प्रक्रिया अगाडि बढीसकेको भन्दै ईलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक प्रताप पौडेलले दोषीलाई कारबाही हुने बताएका छन् ।

Published : Friday, 2020 January 10, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया