मकाउमा पनि भ्रमण वर्ष २०२०

काठमाडौं । नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आगामी जनावरी १२ अर्थात पुस २७ गते आइतबार मकाउमा प्रचार प्रसार हुने भएको छ ।

मकाउको मुख्य केन्द्र सानमालोबाट मकाउका विभिन्न पर्यटकीय स्थानहरूमा पैदल यात्रा गरी भ्रमण वर्षको प्रचार प्रसार गरिने गैर आवासीय नेपाली संघ मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

कार्यक्रमको आवश्यक तयारी पूरा भइसकेको भन्दै अध्यक्ष गुरुङले मकाउमा कार्यरत सम्पूर्ण नेपालीहरूलाई पैदल यात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् ।

महावाणिज्य दूताबास हङकङ/मकाउको आयोजना तथा गैर आवासीय नेपाली संघलगायत विभिन्न संघ संस्थाहरूको सहकार्यमा भ्रमण वर्षको कार्यक्रम आयोजना हुन लागेको गुरुङले बताए ।

नेपाली मौलिक नौमती बाजा, लाखे नाच, सेरगा र किरात साकेला नाच कार्यक्रमका मुख्य आकर्षण भएको उनले बताए ।

कार्यक्रममा नेपालका मौलिक परम्परा तथा पर्ययटकीय स्थानहरुको बारेमा जानकारी गराउने उद्देश्यले नेपालका तर्फबाट वान डे थ्री डी आर्ट एण्ड डेकोर प्रालिले क्यानाभास पेन्टिङको प्रदर्शन गर्ने भएको छ ।

उक्त कार्यका लागि काठमाडौंको लालितपुरमा रहेको वान डेसँग सम्झौता भइसकेको पनि गुरुङले जानकारी दिए ।

Published : Friday, 2020 January 10, 9:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया