कांग्रेस कमजोर होइन, बलियो भएको हेर्न चाहन्छन्ः महर

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आमजनताले एकढिक्का भएको कांग्रेस हेर्न चाहेको बताएका छन् ।

कांग्रेस कित्ता–कित्तामा बाँडिए प्रजातन्त्र नै जोखिममा पर्ने भएकाले पार्टी एकढिक्का हुनुको विकल्प नभएको नेता महरले बताएका हुन् ।

वडादेखि केन्द्रसम्मका सम्पूर्ण कार्यकर्ता, पदाधिकारी र शुभचिन्तकले कांग्रेसको एकताविना प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको औचित्य समाप्त हुने नेता महरले बताए ।

‘आफ्नै घर जलाएर आगो ताप्नु जत्तिको जोखिमपूर्ण कुरा अरु के होला र ?’, नेता महरले सबै अग्रज नेतालाई प्रश्न गर्दै भने, ‘त्यसकारण अब सबै शुभचिन्तक र आमजनताको निराशालाई आशामा बदल्नुपर्छ ।’

सरकारले पछिल्लो समय सूचनाप्रविधि लगायतका विभिन्न विधेयकमार्फत अलोकतान्त्रिक र निरंकुश चरित्र प्रदर्शन गरेको भन्दैं त्यसको प्रतिवाद गर्न र विकल्पमा कांग्रेस पार्टी अगाडि आउनुपर्ने चाहना आमजनमानसको भएको नेता महरको भनाई छ ।

सरकारका पछिल्ला गतिविधीले सर्वसत्तावाद र जनताको अभिव्यक्ति स्वतन्त्रतामा समेत धावा बोलेको भन्दैं नेता महरले अब कांग्रेस पार्टी एक भएर दह्रो र खरो रुपमा अगाडि बढ्नुको विकल्प नभएको नेता महरले दावा गरेका छन् ।

Published : Wednesday, 2020 January 8, 7:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया