सुर्खेतका तरुण अध्यक्षले गरे प्रशंसनीय काम

काठमाडौं । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले धुर्मुस सुन्तलीले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रियस्तरको रंगशालालाई सहयोग गर्ने घोषणा गरेका छन् ।

विष्टले जन्मदिनको अवसरमा १ लाखभन्दा बढी रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।

कलाकार, खेलाडी तथा व्यवसायीको पहिचान बनाइसकेका विष्टले जन्मदिनमा केक काट्नुको साटो विकास निर्माणमा सहयोग गर्न १ लाख २ हजार २ सय २२ रुपियाँ खातामा जम्मा गरेका छन् ।

देशमा विदेशी संस्कृति भित्रिएको भन्दै उनले विदेशीभन्दा आफ्नै मौलिक संस्कृति अनुसार अघि बढ्नुपर्ने बताए ।

उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘मलाई आजकै दिन यो धर्तीमा पाइला टेकाउने मेरा भगवान रूपी आमा सेतु बिष्ट र बुवा धनबहादुर बिष्टको पाउमा शिर टेकाउँदै धुर्मुस–सुन्तलीद्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई ५१ हजार १ सय ११ रूपैयाँ र सुर्खेत उद्योग वाणिज्य संघको व्यावसायिक राहत अक्षय कोषलाई ५१ हजार १ सय ११ रूपैयाँ एकमुष्ट प्रदान गर्न चाहन्छु ।’

Published : Wednesday, 2020 January 8, 6:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया