पाकिस्तानमा ईमरानद्वारा हिन्दूमाथि अत्याचार

नयाँदिल्ली । पाकिस्तानमा जबदेखि ईमरान खान नेतृत्वको सरकार बन्यो, तबदेखि हिन्दूसहित अल्पसँख्यकमाथि अत्यचार बढेको रहस्यको खुलासा भएको छ ।

जसका कारण हिन्दूसहित अल्पसँख्यकको हालत धेरै नै खराब बनेको रिपोर्टहरू आइरहेका छन् ।

संयुक्त राष्ट्र (यूएन)का ताजा रिपोर्टमा ‘पाकिस्तानमा ईमरान खान नेतृत्वको सरकार बनेदेखि हिन्दूसहित अल्पसँख्यकमाथि अत्यचार बढेको छ’ उल्लेख छ ।

संयुक्त राष्ट्रमा महिलाहरूमाथि सीएसडब्ल्यूले पाकिस्तान धार्मिक स्वतंत्रतामाथि हमला भन्ने शीर्षकमा एक रिपोर्ट जारी गरेका छन् ।

यस रिपोर्टमा ईमरान खान नेतृत्वको सरकारले हिन्दुसहित अल्पसँख्यकमाथि हमला गर्न कट्टरपंथी विचारलाई बढावा दिइरहेका छन् ।

सीएसडब्ल्यू रिपोर्टका अनुसार ‘पाकिस्तानमा हिन्दु र इसाई धर्ममाथि सबै भन्दा बढि अत्यचार भइरहेको छ ।

हरेक बर्ष यी समुदायका सयौँ महिलालाई अपहरण गरी धर्म परिवर्तन गर्न लगाउछन् । ती महिला हरुलाई धर्म परिवर्ततन गर्न लगाएर मुस्लिमसँग विहे गर्न मजवुर बनाइन्छ ।

विहे भइसकेपछि अपहरणकर्ताको तर्फबाट डर, धम्की दिन थाल्छ । त्यसपछि पीडित महिला आफ्नो परिवारसँग भेटनसमेत पाउदैनन् ।

Published : Tuesday, 2020 January 7, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया