मल्ल एनसीसी अमेरिकाको सल्लाहकार नियुक्त

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको सल्लाहकारमा शिव मल्ल नियुक्त भएका छन् ।

तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका वार्ड न ४ थर्पुमा जन्मेका शिव मल्ल करीव १५ वर्ष अगाडि कामको सिलसिलामा अमेरिका पुगेका थिए ।

मल्लले अमेरिकामा भएका बिभिन्न सामाजिक संस्थामा जिम्मेवार सम्हाली सकेका छन् । सामाजिक काम र सहयोगको लागि जहिले पनि अग्रपंक्तिमा रहने मल्लले अमेरिकामा मात्र नभएर नेपालमा समेत बिभिन्न क्षेत्रमा सामाजिक तथा आर्थिक सहयोग प्रदान गर्दै आएका छन् ।

अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्ने मल्लले एनआरएनए अमेरिकाको बिगतदेखि अहिलेसम्म हरेक गतिबिधिलाई नजिकबाट साथ र समर्थन दिएका छन् ।

गाउँको स्कूलमा भवन निर्माण, लाईब्रेरी स्थापनामा आर्थिक सहयोगदेखि लिएर नेपालका बिभिन्न स्थानमा भएका बिपतमा पनि आफ्नो क्षेत्रबाट अग्रस्थानमा रहेर सहयोग जुटाउन ठूलो भूमिका निर्वाह गरेका छन् ।

सामाजिक सेवाको लागि पदमै रहनुपर्छ भन्ने मान्यताको खिलाप रहने मल्लले पदबिना सामाजिक सेवामा निकै ठूलो सहयोग पुर्‍याएका छन् ।

यहि सेवाको कदर गर्दै एनआरएनए अमेरिकाले सल्लाहाकार जस्तो गरिमामय पदमा नियुक्त गरेको उनले प्रतिक्रियादिएका छन् । साथै एनआरएनए अमेरिकालाई मल्ले धन्यावाद दिएका छन् ।

Published : Tuesday, 2020 January 7, 7:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया