नेकपाले हाम्रो अधिकारमा हस्तक्षेप गर्‍योः कांग्रेस नेता बानियाँ

हेटौँडा । प्रदेश ३ नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले प्रदेशको राजधानी र नामका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयले हस्तक्षेप गरेको बताएका छन् ।

सोमबार हेटौँडामा प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै नेता बानियाँले प्रदेश सभाको अधिकारमाथि कसैले पनि हस्तक्षेप गर्न नपाउने बताए । उनले प्रदेश ३ काे राजधानी हेटाैँडालाई जनताले चाहेकाे बताए । धेरैले धेरै ठाउँमा राजधानी माग गरेपनि हेटाैँडा नै राजधानीका लागि उपयुक्त रहेकाे बताएका छन् ।

‘नेकपाको सचिवालयले प्रदेश सभाको अधिकारमा हस्तक्षेप गरेको छ’, उनले भने, ‘राजधानी र नामका बारेमा कसैले हस्तक्षेप गर्नु हुँदैन । हामी स्वतन्त्र छौँ ।’

नेपाली कांग्रेसका नेता बानियाँले प्रदेश राजधानीका विषयमा आ–आफ्नै मान्यता र धारणा रहेपनि सबै कुरालाई ध्यान दिएर राजधानी बनाउनुपर्ने बताए । उनले भने, ‘राजधानी घरको आँगन र बारीको डिलमा खोजेर पाइँदैन ।’

उनले नेपाली कांग्रेस कमजोर नरहेको बताएका छन् । कांग्रेस कमजोर भयो भने लोकतन्त्र खतरामा पर्ने बताए । कसैको उक्साहटमा लागेर नेपाली कांग्रेसले लोकतन्त्रलाई असर पर्ने कार्य नगर्ने बताए ।

Published : Monday, 2020 January 6, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया