कम्युनिस्ट सरकारले दियाे पूर्वअध्यक्ष गुरुङलाई ३० लाख सरकारी पैसा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले कम्युनिस्ट सरकारसँग ३० लाख आर्थिक सहायता लिएको खुलासा भएको छ ।

कम्युनिस्ट सरकारले पूर्वअध्यक्ष गुरुङलाई ३० लाख रुपियाँ दिएको हो । २०७६ साल वैशाख २० र २३ गते बसेको मन्त्रिीपरिषदको बैठकले रकम दिने निर्णय गरेको थियो ।

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष गुरुङलाई ३० लाख रुपियाँ किन दिएको केही उल्लेख गरिएको छैन ।

पूर्वअध्यक्ष गुरुङ पूर्वएमाले पृष्ठभूमि भएका वैदेशिक रोजगार व्यवसायी हुन् । गुरुङकै पालामा वैदेशिक रोजगार व्यवसायीहरूले सबैभन्दा धेरै समस्या झेल्नु परेको थियो ।

तत्कालीन श्रममन्त्री गोकर्ण विष्टसँग मिलेर गुरुङले मलेसियामा रोजगारीमा पठाउन साढे एक वर्ष अबरुद्ध भएको आरोप छ ।

Published : Monday, 2020 January 6, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया