प्रदेश २ मा कांग्रेसलाई झिनो आशा, तैपनि उत्साहित छन् कार्यकर्ता

जनकपुरधाम । नेपाली कांग्रेसले प्रदेश २ मा राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार दलबलसहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएको छ ।

जनकपुरस्थित पार्टी कार्यालयमा जम्मा भएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू नारावाजीसहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

प्रदेश २ मा नेपाली कांग्रेसले धनुषा कांग्रेसका महासमिति सदस्य भोला पञ्जियार र महोत्तरी कांग्रेसका महाधिवेशन प्रतिनिधि श्रीमती नगिना यादवलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव लगायतका नेताहरू जुलुसमा सहभागी भएर उम्मेदवारहरूसँगै निर्वाचन कार्यालय पुगेका थिए ।

प्रदेश २ मा नेपाली कांग्रेसले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ । प्रदेश २ मा नेपाली कांग्रेसले निर्वाचन जित्न सक्ने झिनो आशा लिएको स्थानीय नेता तथा कार्यकर्ताहरूले बताएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसले यस पटक सम्भत एउटा पनि सिट जित्ने छैन । कांग्रेसका मतदाताहरू निकै कम छन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रतिनिधि सभाका सांसद, प्रदेश सभाका सांसद, गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूले मात्रै मतदान गर्न पाउँछन् ।

Published : Monday, 2020 January 6, 8:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया