घोराहीमा दलबलसहित कांग्रेसद्वारा मनोनयन दर्ता (तस्वीर)

घोराही । नेपाली कांग्रेसले प्रदेश ५ मा राष्ट्रिय सभा निर्वाचनका लागि दलबलसहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको छ ।

दाङको घोराहीस्थित निर्वाचन कार्यालयमा आइतबार दिउँसो दलबलसहित पुगेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र तीन जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसले प्रदेश ५ मा बालकृष्ण पाण्डे (अर्घाखाँची, अन्य), गिरिजा न्यौपाने (दाङ, महिला), मेराज हलवाई (बाँके, अल्पसंख्यक, अपाङ्गता)मा टिकट दिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अतहर कमाल मुसलमान, केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद पार्वती डिसी चौधरी, राष्ट्रिय सभाकी सांसद अनिता देवकोटा, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनाललगायतका नेता तथा कार्यकर्ताहरू मनोनयन दर्ता गर्न पुगेका थिए ।

Published : Sunday, 2020 January 5, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया