रामेछापबाट विदाइ भए डीएसपी भट्टराई

मन्थली । जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोषकुमार भट्टराईलाई विदाइ गरेको छ ।

रामेछापको मन्थलीमा शनिबार जिल्ला प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रममा भट्टराईलाई विदाइ गरिएको हो । भट्टराईले बरबुझारथ गरी रवाना लिएपछि विशेष कार्यक्रममार्फत विदाइ गरिएको थियो ।

नायव उपरीक्षक भट्टराईले रामेछाप जिल्लामा प्रहरी प्रमुखको रुपमा ११ महिना नेतृत्वसहित कार्यसम्पादन गरेका छन् । उनको कार्यकालमा रामेछापमा अपराध नियन्त्रणदेखि सर्वसाधारणलाई सेवा दिने विषयमा उल्लेख्य प्रगति भएको थियो ।

प्रहरी नायव उपरीक्षक भट्टराईको प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी पुस्तकालय नक्साल काठमाडौंमा सरुवा भएको छ ।

नायव उपरीक्षक भट्टराईले प्रहरी समाजको अभिन्न अङ्ग भएको भन्दै प्रहरी सेवा पश्चात बाँकी जीवन आफ्नै समुदायमा व्यतित गर्नुपर्ने बताए ।

उनले समाजकै हितका लागि निष्पक्ष र ईमान्दारिता पूर्वक कार्य गर्नुपर्ने भन्दै व्यवसायिक प्रहरी जीवनको सफलताको शुभकामना दिएका छन् ।

भट्टराईले आ–आफ्नो स्थानबाट सहयोग पुर्‍याउने सबै प्रहरी अधिकृत तथा जवानहरूप्रति कृतज्ञता तथा आभार प्रकट गरेका थिए ।

Published : Sunday, 2020 January 5, 8:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया