आउनुस् पहिला मिलेर विकास गरौँ, अनि राजनीति गरौँः कांग्रेस नेता खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले राजनीति चुनावको बेला मात्र गर्नुपर्नेभन्दै ओखलढुंगा जिल्लाको विकास एक भएर गर्नुपर्ने बताएका छन् ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको सोलु करिडोर र ओखलढुंगा विद्युत् प्राधिकरणको प्रमुखलाई समेतलाई राखेर शुक्रबार आयोजित गाउँपालिका, सोलुकरिडोर र बिद्युत् प्राधिकरण सहितको त्रिकोणात्मक सभालाई सम्बोधन गर्दै खतिवडाले निर्वाचनका बेला राजनीति गरे पनि अरु बेला जिल्लाको विकासका लागि एक हुनुपर्ने बताए ।

‘राजनीति गर्नुपर्ने बेला गरौँ । तर, ओखलढुंगाको विकासमा सबै मिल्नुपर्छ । विकासमा राजनीति गर्नु हुँदैन’, उनले भने, ‘अरु बेला सबै पार्टी सधै सँङ्गै रहनुपर्छ ।’

‘मैले चुनाव हारेपनि चुनावको बेला मेरो पनि एजेण्डा जिल्लालाई उज्यालो बनाउने नै थियो’, खतिवडाले भने, ‘म त्यही कुरामा सधै अडिग रहनेछु । गाउँपालिकाले यो गाउँपालिकाको कुनै एउटा वडामा, बिधुत् प्राधिकरणले आर्कोमा र सोलु करिडोर एक ठाउँमा सल्लाह गरेर छिटोभन्दा छिटो काम शुरु गर्न मेरो अनुरोध छ ।’

‘म केही समय अगाडि सोलु करिडोरको प्रनिनिधी, सुनकोशी गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिकाका प्रमुख, खिजिदेम्बा गाउँपालिका प्रमुख सहित हामी बिद्युत् प्राधिकरणको निर्देशक कुलमान घिसिङलाई समेत समग्र जिल्लाको बिद्युत् जडान गराउन अनुरोध गरेको छु’, नेपाली कांग्रेसका युवा नता खतिवडाले बताएका छन् ।

युवा नेता खतिवडाले विकासमा आफ्नो सक्रियता कायम नै राखेको पनि उल्लेख गरेका छन् ।

केही समय अगाडि सिद्दिचरण राजमार्ग अन्तर्गत मिर्चैया–कटारी र घुर्मी सडक सहित आफू निर्वाचित भएको बेला ओखलढुंगाका विभिन्न सडक योजनाहरू ठप्प भएको भन्दै खतिवडो मन्त्रालयमै गएर मन्त्री, सचिव र सडक विभागको निर्देशकको ध्यानाकर्षण गराएको बताए ।

उनले ओखलढुंगाका योजनाहरू सुचारु नभए मन्त्रालयमै धर्ना बस्ने समेत बताएका छन् ।

कार्यक्रममा मानेभञ्ज्याङका स्थानीयको बाक्लो उपस्थिति थियो । सहभागीहरूले अहिले पनि आफूहरूले बिजुली बाल्न नपाएको भन्दै नेपाली कांग्रेसका युवा नेता खतिवडासँग गुनासो गरेका थिए ।

Published : Friday, 2020 January 3, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया