बिबादास्पद व्यापारी एवम् पूर्व ‘क्यासिनो किङ्ग’ बजगाइँले बाँडे ५० वटा ज्याकेज

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध लिखित उजुरी हालेर चर्चामा आएका पूर्व क्यासिनो किङ राजेन्द्र बजगाइँले पचास वटा ज्याकेट वितरण गरेर चर्चा कमाएका छन् ।

विवादास्पद व्यापारी बजगाइँले उखु किसानहरूलाई पचास वडा डाउन ज्याकेट वितरण गरेका हुन् । ज्याकेट वितरण गर्ने बेला पूर्व क्यासिनो किङ बजगाइँले आफू निकटका पत्रकार र फोटो पत्रकारहरूलाई साथमै माइतीघर मण्डलामा लगेका थिए ।

क्यासिनो किङ्ग बजगाइँले ठमेलबाट ज्याकेट किनेर माइतिघर मण्डलामा धर्नामा बसेका उखु किसानहरूलाई ५० वटा डाउन ज्याकेट दिएको उनले बताएका छन् ।

‘उहाँहरू काँप्दै गरेको देखे’, विवादास्पद व्यापारी बजगाइँले भनेका छन्, ‘कठिनाइको महसुस भइरहेको थियो । हिजोबाट काठमाडौंमा चिसो बढेको छ, झरी परेको छ । मैले मानवीय हिसावले सहयोग गरेको हु । ५० जनालाई एकएक वटा डाउन ज्याकेट दिए ।’

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका बजगाइँले पार्टीको हितमा भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा काम गर्दै आएको भन्दै आलोचना हुँदै आएको छ ।

खोज पत्रकारिता केन्द्रले केही महिला अगाडि सार्वजनिक गरेको रिपोर्टमा विवादास्पद व्यापारित बजगाइँले नेपालको सम्पत्ति स्वस्वीजर ल्याण्डको बैंकमा सम्पत्ति थुपारेको जनाएको थियो ।

Published : Friday, 2020 January 3, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया