मै हुँ भन्नेहरूकाे हाेस उडाउँदै उत्कृष्ठ बने आईजीपी खनाल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले उत्कृष्ट कार्य गरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई प्रशंसा पत्र र नगद १० हजरसहित सम्मान गरेका छन् ।

गृहमन्त्रालयमा बिहीबार आयोजित विशेष कार्यक्रममा गृहमन्त्री थापाले आईजीपी खनाललाई सम्मान गरेका हुन् ।

गृह मन्त्रालय र अन्तर्गतका निकायहरूमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष ०७४–७५ सम्मको बेरुजुलाई ८८.५० प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएपछि आईजीपी खनाललाई सम्मान गरिएको हो ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरूको आर्थिक वर्ष ०७४–७५ सम्मको बाँकी बेरुजु रकममध्ये ८८.५० प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्र्यौट मूल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार मन्त्रिस्तरीय निर्णयअनुसार बेरुजु फर्छ्यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको थियो ।

आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्यौट कार्यमा नेपाल प्रहरीको लगनशीलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा गत आर्थिक वर्षमा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।

Published : Thursday, 2020 January 2, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया