कम्युनिस्ट अधिनायकवादको भण्डाफोर गर्न कांग्रेसद्वारा ललितपुरमा बहिस्कार

ललितपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका नेता तथा कार्यकर्ताहरूले झण्डै दुईतिहाइको बहुमतको दम्भ देखाएपछि ललितपुरमा नेपाली कांग्रेसले एउटा सहकारीको चुनावी कार्यक्रम बहिस्कार गरिदिएको छ ।

कम्युनिस्टहरूले चरम लापरवाही र भ्रष्टाचार गरेर सहकारी नै डुबाउने खेल खेलेपछि ललितपुर कांग्रेसले ‘ललितपुर दक्षिण विद्युत् सहकारी’को निर्वाचन कार्यक्रमलाई बहिस्कार गरिदिएको हो । सहकारीको साधारण सभा बुधबार ललितपुरमा भएको थियो ।

सहकारीमा रहेका कम्युनिस्टहरूले सत्ताको दम्भ देखाएर अनियमितता ढाकछोप गर्ने षड्यन्त्र गरेपछि नेपाली कांग्रेस ललितपुरले निर्वाचन कार्यक्रम बहिस्कार गरेको ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यले बताए ।

नेपाली कांग्रेस ललितपुरले सहकारीको निर्वाचन कार्यक्रम र साधारण सभालाई नै बहिष्कार गरिदिएपछि कम्युनिस्टहरूभित्र हँगामा भएको छ ।

साधारण सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्षसहित सबै पदाधिकारीमा दाबी गर्दै विपक्षमा आस्था राख्नेहरूलाई स्थान नै नदिएपछि नेपाली कांग्रेसले सहकारी जस्तो संस्थामा सबैको प्रतिनिधित्व हुनुपर्ने धारणा राखेको थियो ।

तर, कम्युनिस्टहरूले सबै पद एकलौटी कब्जा गरेर हालिमुहाली गरेर अनियमितता र भ्रष्टाचार ढाकछोप गर्न खोजेपछि नेपाली कांग्रेसले निर्वाचन बहिस्कार गर्न पुगेको छ ।

सहकारीमा रहेका नेपाली कांग्रेस समर्थक शेयर सदस्यहरूले उक्त कार्यक्रम नै बहिष्कार गरी चुनावी प्रक्रियामा सहभागी नहुने शेयर सदस्यहरूले बताएका छन् ।

कम्युनिस्टहरूले एकलौटी ढंगले सहकारी चलाउने खोजेकोले कांग्रेस समर्थक शेयर सदस्यहरूले बहिष्कार गर्न बाध्य भएको नेपाली कांग्रेस ललितपुरका सभापति अमात्यले बताएका छन् । उनले लोकतान्त्रिक प्रक्रियालाई नेपाली कांग्रेसले सधैँ सम्मान गर्ने भएपनि सहकारीमा देखिएको कम्युनिस्टहरूको अधिनायकवादलाई रोक्न बहिस्कारसम्म गर्नुपरेको बताए ।

नेपाली कांग्रेस ललितपुरका सभापति अमात्यले कम्युनिस्टहरूको अनियमितता र भ्रष्टाचार ढाकछोप गर्न रचिएको षड्यन्त्रमा सहभागी नहुन पार्टी निकटका शेयर सदस्यहरूलाई निर्देशन दिएका छन् ।

‘दक्षिण ललितपुर विद्युत् सहकारी’मा कम्युनिस्टहरूले चरम भ्रष्टाचार गरेको नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले बताएका छन् । उनले कम्युनिस्टहरूको भ्रष्टाचारको भण्डाफोर गर्नुपर्ने बताएका छन् ।

Published : Wednesday, 2020 January 1, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया