‘हर्कत’ गर्दागर्दै पक्राउ परिन् ललिता, ईज्जत फालिन्

महेन्द्रनगर । भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरकी खरिदार डेढ लाख घुससहित पक्राउ परेकी छिन् ।

खरिदार ललिता रोकायालाई सेवाग्राहीबाट एक लाख ५० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो ।

जग्गा पास गर्ने क्रममा डेढ लाख रकम घुस लिदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका प्रवक्ता टोपवहादुर विष्टले बताएका छन् ।

प्रवक्ता विष्टका अनुसार खरिदार रोकायालाई थप कारबाहीका लागि बुधबार आयोगको कार्यालयमा पठाइनेछ ।

अख्तियारले सुदूरपश्चिम प्रदेशमा रंगेहात पक्राउ गरेको महिला कर्मचारीमध्ये रोकाया दोस्रो कर्मचारी हुन् ।

Published : Tuesday, 2019 December 31, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया