ओलीद्वारा नियुक्त खरेलको दादागिरि अन्त्य हुँदै

काठमाडौं । नेपाल वायुसेवा निगमका कायृकारी अध्यक्ष मदन खरेलसँग सञ्चालक समितिले स्पष्टीकरण सोधेको छ ।

सञ्चालक समितिले खरेलको कामप्रति असन्तुष्टि जनाउँदै स्पष्टीकरण सोधेको हो । खरेलले गरेका हरेक काम निगमलाई घाटा पुर्‍याउने र निगमको हित विपरित रहेको भन्दै आलोचना हुँदै आएको थियो ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्ला घर भएका खरेललाई ओलीले नै अध्यक्षमा नियुक्त गरेका हुन् । ओलीको नाम लिएर निगमका कर्मचारीहरूलाई धम्काउनेदेखि आफूलाई व्यक्तिगत लाभ हुने गरेर काम गर्दै आएका खरेलसँग सञ्चालक समिति पनि रिसाएको थियो ।

निगमले तयार पारेको व्यापारिक योजनाअनुसार जापानको टोकियो उडान गर्नुपर्ने थियो ।

जापानसँग भएको हवाई सम्झौताको नवीकरणमा टोकियोमा स्लट तत्काल नदिएपछि सञ्चालक समितिले ०७५ भदौ २० गते जापानको नारिता उडान गर्ने निर्णय गरेको थियो ।

नारिताका लागि जिएसए छनोट भइसकेको र उडान गर्नेसमेत तयारी भएको थियो ।

खरेल कार्यकारी अध्यक्ष भएसँगै नारिताका ठाउँमा ओसाका उडान गराए । सो उडानमा यात्रु अभावका कारण दैनिक लाखौँ घाटा व्यहोर्नुपर्‍यो
खरेलसँग चिनियाँ जहाज वाई १२ ई र एमए ६० सञ्चालनका लागि व्यवस्थापनमा नेतृत्वको अनुदार हुनु तथा मासिक लाखौँ घाटा व्योहोर्नुपर्दासमेत सञ्चालक समितिमा कुनै कार्ययोजना पेस नगर्नुको कारण सोधिएको छ ।

Published : Sunday, 2019 December 29, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया