कास्की कांग्रेसकी नेतृ गुरुङको निधन

पोखरा । नेपाली कांग्रेस कास्कीकी महिला नेतृ प्रभाश्री गुरुङको निधन भएको छ ।

नेपाली कांग्रेसकी नेतृ गुरुङको बिहीबार काठमाडौंमा निधन भएको नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए । बिरामी भएपछि नेपाली कांग्रेसकी नेतृ गुरुङलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।

गुरुङको शवलाई बिहीबार साँझ नै पोखरा ल्याएको छ । पोखरा उपमहानगरपालिका वडा नम्बर १३ पाटनवेशीस्थित निवासमा नेतृ गुरुङको शव राखिएको छ ।

उनको शुक्रबार परम्पराअनुसार अन्त्यष्टि गर्ने परिवारजनले बताएका छन् । अन्तिम संस्कार गर्नु अगाडि नेपाली कांग्रेस कास्कीका सभापति कार्कीसहितका नेता, कार्यकर्ता, शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जलि दिनेछन् ।

स्थानीय निर्वाचन ०७४ मा मादी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट नेतृ गुरुङ उपाध्यक्षको प्रत्यासी बनेकी थिइन् ।

मादी गाउँपालिका वडा नम्बर २ घ्याम्रङ घर भएकी नेतृ गुरुङ नेपाली कांग्रेसकी सक्रिय नेतृ थिइन् । नेतृ गुरुङको निधनबाट नेपाली कांग्रेस कास्कीलाई ठूलो क्षति पुगेको सभापति कार्कीले बताएका छन् ।

नेपाली कांग्रेसकी नेतृ गुरुङ कलाकार पनि हुन् । उनी विभिन्न फिल्महरूमा समेत अभिनय गरेकी थिइन् ।

Published : Friday, 2019 December 27, 7:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया