यी हुन् बाराका काठ चोर प्रधानाध्यापक

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले काठ चोरीको अभियोगमा सरकारी स्कूलका प्रध्यापक गौरीशंकर चौधरीलाई पक्राउ गरेको छ ।

काठ चोरी काण्डमा २५ वर्षदेखि फरार चौधरीलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

बारा जिल्लाको कोल्हवी नगरपालिका वडा ३ बस्ने चौधरीलाई पुस ९गते पक्राउ गरिएको एसपी विकास खनालले जानकारी दिए । उनी नेपाल राष्ट्रिय मावि नयाँवस्ती कोल्हवी नगरपालिका वडा नं. ८ का प्रधानाध्यापक हुन् ।

काठ चोर प्रधानाध्यापक चौधरीलाई बारा जिल्ला अदालतमा पस गरिएको थियो । बारा अदालतले २ महिना कैद भुक्तानको लागि चौधरीलाई कारागार कार्यालय वीरगञ्ज पर्सा पठाएको छ ।

Published : Thursday, 2019 December 26, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया