रश्मिलाजले मनायो १२औँ स्थापना दिवस, कोमल ओलीले दिइन् शुभकामना

काठमाडौं । ‘रश्मिलाज फेसियल हाउस’ले आफ्नो १२औँ स्थापना दिवस सांस्कृति कार्यक्रमसहित भव्य रुपमा मनाएको छ ।

काठमाडौंको बसुन्धरामा बुधबार विशेष कार्यक्रम गरेर हाउसले स्थापना दिवस मनाएको व्यटिसियन एवम् अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की राष्ट्रिय सभा सांसद कोमल ओलीको प्रमुख आतिथ्यतामा रश्मिलाजले आफ्नो स्थापना दिवस मनाएको हो ।

वरिष्ठ गायिका समेत रहेकी सांसद ओलीले रश्मिलाजका उत्कृष्ठ कर्मचारी, कलाकार, व्युटिसियनलगायतलाई सम्मान गरेकी थिइन् ।

सांसद ओलीले आफू रश्मिलाज फेसियल हाउसको नियमित ग्रहक भएको बताउँदै रश्मिलाज फेसियल हाउसको टिमलाई बधाई र शुभकामना दिएकी छिन् ।

‘रश्मिलाज फेसियल हाउसले अन्तर्राष्ट्रियस्तरको सेवा दिन सफल भएको छ’, उनले भनिन्, ‘आगामी दिनमा झन् राम्रो गरेर जानुस् भन्ने मेरो शुभकामना छ ।’ ओलीले सौन्दर्य क्षेत्रले रोजगारीका अवसर सिर्जना गरेको भन्दै यो व्यवसायलाई राज्यले अझै संरक्षण गर्नुपर्ने बताइन् ।

व्युटिसियनलाई चिकित्सकको रुपमा हेरिने भएकाले नेपाली व्युटिसियनहरूले त्योस्तरको आफूलाई बनाउनुपर्ने सांसद ओलीले सल्लाह दिइन् ।

‘नारीहरू आफैंमा सुन्दर हुन्छन्’, उनले भनिन्, ‘सौन्दर्यकर्मीले महिलालाई अझ सुन्दर बनाउँछन् । अहिलेको समयमा सौन्दर्यकर्मीको झन् महत्व बढेको छ ।’
१२ वर्ष अगाडि सुन्धारास्थित काठमाडौं मलमा स्थापना भएको रश्मिला फेसियल हाउसले लामो उतार चढावपछि सौन्दर्यको क्षेत्रमा एउटा ब्राण्ड स्थापना गर्न सफल भएको छ ।

रश्मिलाजकी अध्यक्ष रश्मिला श्रेष्ठले आफूहरूको पहिलो प्राथमिकता सेवाग्राहीहरूको ईच्छाअनुसार सेवा दिन सकेका कारण १२ वर्षको लामो यात्रा तय गरिएको बताइन् ।

‘हाम्रो लक्ष्य भनेको सेवाग्राहीलाई गुणस्तरीय र उचित मूल्यमा सेवा दिनु हो’, उनले भनिन्, ‘सबैको माया, विश्वास र सहयोगका कारण हामी १२ वर्षको लामो यात्रा गर्न सफल भएका छौँ ।’ उनले आगामी दिनमा सौन्दर्यको क्षेत्रमा आफूहरूको सेवलाई अझै गुणस्तरीय बनाउने बताइन् ।

रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाशकुमार श्रेष्ठले आगामी दिनमा आफूहरूको सेवालाई अझै फराकिलो बनाउने बताए । उनले प्रतिस्पर्धाको समयमा रश्मिलाज फेसियल हाउसले सेवाग्राहीको सुझाव र सल्लाहअनुसार आफूलाई अगाडि बढाउने बताए ।

कार्यक्रममा वरिष्ठ ब्युटिसियन सीता पाठक न्यौपाने, वरिष्ठ सौन्दर्यकर्मी सुमित्रा रन्जित, वरिष्ठ सौन्दर्यकर्मी सोनी कारन्जित, सौन्दर्यकर्मी सरु श्रेष्ठ, हेयर स्टाइलिस्ट रायन मंगोलियनलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, अभिनेत्री सरिता लामिछाने, गायक कुलेन्द्र विश्वकर्मा, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल काफ्लेलगायतलाई पनि सम्मान गरिएको थियो ।

१२औँ स्थापना दिवस मनाएको रश्मिलाज फेसियल हाउसले आफ्नो दोस्रो शाखा पनि खोल्न सफल भएको छ । काठमाडौं मल सुन्धारामा मुख्य पसल रहेको रश्मिलाजले गंगबुस्थित बिजी मलमा अर्को शाखा स्थापना गरेको छ ।

रश्मिलाज फेसियल हाउसले प्रत्यक्ष र अप्रत्यक्ष गरी झण्डै दुई सय जनालाई रोजगारी समेत दिएको छ ।

Published : Thursday, 2019 December 26, 8:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया