कम्युनिस्ट हराउने भँडेललाई भक्तपुर तरुण दलले दियो बधाई

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले क्षेत्र नम्बर १ ‘क’बाट प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेसका प्रदेश सांसद कृष्णलाल भँडेलाई बधाई तथा कार्यकालको शुभकामना दिएको छ ।

नेपाली कांग्रेसको भक्तपुरस्थित पार्टी कार्यालयमा आइतबार बसेको तरुण दल जिल्ला कार्यसमितिको बैठकले प्रदेश सांसद भँडेललाई बधाइ तथा कार्यकालको शुभकामना दिइएको अध्यक्ष राजु थापाले जानकारी दिए ।

‘नेपाली कांग्रेस भक्तपुरको प्रयास र कांग्रेस सभापति दुर्लभ थापाको नेतृत्व एवम् तरुणहरूको सहयोगमा कृष्णलाल भँडेल निर्वाचित हुनुभएको छ’, अध्यक्ष थापाले भने, ‘चागुनारायणका मतदता र हामी सबै कांग्रेस कार्यकर्ताहरूको सामूहिक प्रतिवद्धताले प्रदेश सभामा जितेका छौँ ।’

निर्वाचनमा मतदाताले दिएको विश्वास र सम्मानलाई कहिल्यै पनि भुल्न नहुने भक्तपुर तरुणले भँडेललाई स्मरण गराएको छ ।

भक्तपुर तरुण दलको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले मतदाताहरूको विश्वासलाई डगमगाउन नदिन प्रदेश सांसद भँडेललाई सुझाव दिएका थिए ।

तरुण दलका अध्यक्ष राजु थापाका अनुसार सभापति दुर्लभ थापाले कम्युनिस्टहरूको दब्दबालाई भत्काएर चागुनारायणका मतदताहरूले कांग्रेसलाई विश्वास गरेर जिताएको बताए । सभापति थापाले भावी दिनमा चुनौतीहरू रहेको भन्दै कम्युनिस्टहरूका गलत कार्यविरुद्ध प्रदेश सभामा खरो उत्रिन प्रदेश सांसद भँडेललाई आग्रह गरेका छन् ।

तरुण दल भक्तपुरले निर्वाचित प्रदेश सांसदलाई बधाई दिनुका साथै मतदाताहरूलाई धन्यावाद दिएको छ ।

तरुण दल भक्तपुरले निर्वाचनमा खटिएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुक, एवम् तरुणहरूलाई पनि धन्यावाद दिएको छ ।

बैठकमा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, भक्तपुर क्षेत्र नम्बर १ का सभापति जीवन खत्री, जिल्ला सचिव निशान ढुंङेल, जिल्ला सदस्य सुशील बस्नेत, नेपाल तरुण दल भक्तपुरका प्रमुख सल्लाहकार सुनिल ठकुरी, सल्लाहकार अरुण श्रेष्ठलगायत भक्तपुर तरुण दलका सदस्यहरू र नगर अध्यक्षहरूको सहभागितामा बैठक गरिएको तरुण सदस्य राजु पुरीले जानकारी दिए ।

 

Published : Sunday, 2019 December 22, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया