कांग्रेस नेताहरूले दिए पूर्वसांसद ढुंगेललाई श्रद्धाञ्जलि
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामेश्वरप्रसाद ढुंगेललाई कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।
पूवंसांसद ढुंगेलको मंगलबार काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको थियो ।
ढुंगेलको निधन भएको जानकारी पाउन साथ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसासद रामहरि खतिवडा, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालगायतका नेताहरूले श्रद्धाञ्जलि दिएका छन् ।
०७० सालको संविधान सभा निर्वाचनमा ढुंगेल भक्तपुर जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
Published : Tuesday, 2019 December 17, 6:42 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया