कांग्रेस नेतृ डा.संग्रौलाका कुराले कम्युनिस्ट सरकारका मन्त्रीको आँखा खुले

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा.डिला संग्रौलाले वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको अवस्थाबारे तत्काल स्वेतपत्र जारी गर्न दुईतिहाइको कम्युनिस्ट सरकारसँग माग गरेकी छिन् ।

सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गरेर डा.संग्रौलाले समस्याहरूको पहिचान गरी अल्पकालीन र दीर्घकालीन समाधानका कार्यक्रम ल्याउन जनाएकी छिन् ।

डा.संग्रौलाले वैदेशिक रोजगारी, प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा कोषका विषयमा विभिन्न समस्या पनि औंल्याएकी छिन् ।

सरकारले यूएई, मलेसिया, जापान र मरिससलगायत मुलुकसँग श्रम सम्झौता, समझदारी, सहमति गरे पनि कार्यान्वयन नगरेको, मलेसिया जाने कामदारसँग मेनपावरले सेवा शुल्क नलिने भने पनि कानूनी छिद्र प्रयोग गर्दै विचौलियामार्फत लाखौं असुलिरहेको उनले आरोप लगाएकी छिन् ।

सामाजिक सुरक्षा योजना सफल बनाउनुपर्नेमा मन्त्रालय र कोष मौन बसेका कारण योजनै अलपत्र पर्ने देखिएको सांसद डा.संग्रौलाले बताएकी छिन् ।

पत्रकार सम्मेलन गर्नु अगाडि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.संग्रौलाले श्रममन्त्री रामेश्वर राय यादवलाई ज्ञापन पत्र बुझाएकी थिइन् ।

मन्त्री यादवले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा.संग्रौलाको मागलाई कार्यान्वयनमा लैजाने आश्वासन दिएका छन् ।

000

 

Published : Tuesday, 2019 December 17, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया