दुःखी बने देउवासहित कांग्रेसका नेताहरू
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले पार्टीका नेता एवम् संविधानसभाका सांसद रामेश्वरप्रसाद ढुंगेलको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले मंगलबार विज्ञप्ति जारी गरेर ढुंगेलको निधन भएकोमा श्रद्धाञ्जलि दिएका छन् ।
ढुंगेलको मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो ।
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका ढुंगेल पूर्व क्षेत्रीय सभापति पनि हुन् ।
स्वर्गीय रामेश्वरप्रसाद ढुंगेल संविधान सभा सदस्य निर्वाचन ०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका थिए ।
‘उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा तथा पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो’, सभापति देउवाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ।
देउवाले रामेश्वरप्रसाद ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय ढुंगेलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्याएको सक्रिय भूमिकाको स्मरण गरेका छन् । देउवाले ढुंगेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
‘स्व.ढुंगेलको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु’, देउवाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया