कांग्रेस नेता एवम् पूर्वसांसद ढुंगेलको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सविधान सभाका सांसद रामेश्वर ढुङ्गेलको निधन भएको छ ।

पूर्वसांसद ढुंगेलको मंगलबार काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । भक्तपुर जिल्ला निवासीको निधनबाट नेपाली कांग्रेसलाई अपुरणीय क्षति भएको भक्तपुर कांग्रेसले जनाएको छ ।

नेपाल तरुण दल भक्तपुरले नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद ढुंगेलको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

तरुण दल भक्तपुरले ढुंगेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको जनाएको छ ।

नेपाली कांग्रेसका नेता स्व.ढुंगेलको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिने र आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको तरुण नेता राजु पुरीले जनाएका छन् ।

Published : Tuesday, 2019 December 17, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया