राष्ट्रिय सभामा जान गौतमले राखे ओली झस्किने सर्त
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता वामदेव गौतमले राष्ट्रिय सभाको सदस्य बन्न आफूलाई प्रधानमन्त्रीले नै प्रस्ताव गरेको बताएका छन् ।
बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा गौतमले आफ्नो इच्छाभन्दा पनि पार्टी अध्यक्षबाट प्रस्ताव आएपछि त्यसको निम्ति आफूले सर्त राखेको बताए ।
राष्ट्रिय सभाका सदस्यलाई पनि प्रधानमन्त्री बन्ने बाटो खुला गरिनुपर्ने उनको सर्त छ । त्यसको निम्ति संविधान संशोधन गर्नुपर्छ ।
नेता वामदेव गौतमले संशोधन हुने बित्तिकै पनि आफू राष्ट्रिय सभाको सदस्य नबन्ने बताए ।
‘म प्रधानमन्त्री बन्ने निश्चित भएपछि मात्रै राष्ट्रिय सभामा जान्छु’, गौतमले भनेका छन् ।
प्रतिनिधि सभाको चुनाव हारेका गौतमलाई यसअघि नेकपाकै सांसदलाई राजीनामा गराएर फेरि चुनावबाट प्रतिनिधि सभामा ल्याउने योजना चर्चामा थियो ।
प्रतिनिधि सभामा सांसद बन्ने कुरा सेलाएपछि गौतमबारे नयाँ चर्चा चलेको हो ।
गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभाका सांसद पनि प्रधानमन्त्री बन्ने प्रावधान राख्न सर्त राखेपछि दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओली र दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झस्किएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया