देउवा–सिटौलाले निकाले विवाद मिलाउने जुक्ति, बन्यो महाधिवेशनको कार्यतालिका
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका बनाएका छन् ।
अनौपचारिक रुपमा प्रस्ताव भएको कार्यतालिकालाई नेताहरूले परिमार्जन र हेरफेर गर्न सक्नेछन् ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा सोमबार सभापति देउवाले महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन् । देउवाले कार्यतालिका प्रस्ताव गर्दा नेता सिटौलाका साथै उपसभापतिद्वय विमलेन्द्र निधि, विजय गच्छदारलगायतका नेताहरू उपस्थित थिए ।
पार्टीको विधानअनुसार सामान्य अवस्थामा चार वर्षमा महाधिवेशन हुनुपर्ने र त्यो अवधिमा नभए अर्को एक वर्ष थप्न सकिने व्यवस्था छ ।
सभापति देउवाको चार वर्षे कार्यकाल ०७६ फागुन १९ गते सकिने भएपनि उनले थपिने एक वर्षे कार्यकालको पनि चार दिन मात्र बाँकी रहने गरी महाधिवेशनको कार्यतालिका पेश गर्न लागेका हुन् ।
नेपाली कांग्रेसको अधिवेशनको प्रक्रिया ०७७ साल भदौ महिनादेखि शुरु हुनेछ । दशैँ तिहार अगाडि गाउँ तथा नगरपालिकाको अधिवेशन सक्ने प्रस्ताव गरिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारले केन्द्रीय कार्यसमितिको सोमबारको बैठक पनि बहिस्कार गरेपछि सभापति देउवा र सिटौलाले १४औँ महाधिवेशनको कार्यतालिकाको मस्यौदा बनाएका हुन् ।
स्रोतका अनुसार नेपाली कांग्रेसको १४औँ महाधिवेशन ०७७ सालको फागुन १५ गते प्रस्ताव गरिएको छ ।
०७७ सालको पुस महिनाको २ र ३ गते जिल्ला अधिवेश गर्ने, दशैँ अगाडि गाउँ, वडा, नगरको अधिवेशन सम्पन्न गर्ने कार्यतालिकामा उल्लेख छ ।
पुस १५ गते प्रदेश क्षेत्रकोको अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । त्यसपछि प्रतिनिधि सभाअन्तर्गतका क्षेत्रहरूको अधिवेशन प्रस्ताव गरिएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा एक वर्ष म्याद थप गर्ने प्रस्ताव सभापति देउवाले बिहीबार गरिसकेका छन् । थप भएको एक वर्षभित्र १४औँ महाधिवेशन हुनेछ ।
प्रस्तावित कार्यतालिका बारे पहिला संस्थापन पक्षभित्र छलफल हुनेछ । असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन संस्थापन पक्षले बिहीबारदेखि नै निरन्तर प्रयास जारी राखेका छन् ।
शनिबार देउवा आफैँले वरिष्ठ नेता पौडेलसँग कुराकानी गरेका थिए । त्यसपछि उपसभापति विमलेन्द्र निधिले विवाद सुल्झाउन कोसिस गरिरहेका छन् ।
निधिले आइतबार र सोमबार प्रकाशमान सिंहसँग भेट गरेर सहमतिको प्रयास गरेका थिए ।
महाधिवेशनको कार्यतालिका आएको खण्डमा पौडेल पक्षले पार्टीको विभाग बढाउने प्रस्तावलाई समथर्न गर्ने आश्वासन दिएको छ ।
महाधिवेशन कार्यतालिका आए विभाग बढाउने प्रस्ताव पौडेल समूहले स्वीकार गर्ने स्रोतले जनाएको छ ।
पौडेल समूहले विगतमा जस्तै ४० प्रतिशत हिस्सा पाउनुपर्ने अडान राखेको छ ।
पौडेल समूहले १४औँ महाधिवेशनको कार्यतालिका माग गरेर केन्द्रीय कार्यसमितिको दुई वटा बैठक लगातार बहिस्कार गरिसकेको छ ।
केन्द्रीय कार्यसमितिको सोमबारको बैठक स्थगित गरिएको छ । केन्द्रीय कार्यसमितिको बैठक पुस २ गते १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ ।
नेपाली कांग्रेसको विभागहरू थप गर्न तयार भएको पौडेलले समूहले नेपाल तरुण दल र नेविसंघमध्ये एउटा भ्रातृ संगठन दिनुपर्ने अडान राखेको थियो ।
सभापति देउवाले दुबै भ्रातृ संगठन दिन अस्वीकार गरेपछि पौडेलले समूहले नेविसंघ र तरुण दलमा यसघि पाएको पदहरू आफूहरूले पाउनुपर्ने माग अगाडि सारेका थिए ।
पहिला पाएको पद पौडेल समूहलाई दिन देउवाले सहमति जनाएको स्रोतले उल्लेख गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया