पराजित खतिवडा जनताका माझमा व्यस्त, कांग्रेसले ल्याएका कार्यक्रम पूरा गर्न आग्रह
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसले ओखलढुंगामा शुरुवात गरेका विकासका योजना र कार्यक्रमहरू निर्माणमा ढिलाइ भएको भन्दै चिन्ता जनाएका छन् ।
आइतबार गृहजिल्ला ओखलढुंगाका स्थानीयहरूसँगको भेटमा खतिवडाले राजनीतिक पूर्वाग्रह नराखेर विकासका कार्यक्रम अगाडि बढाउन अपील गरे ।
‘म सांसद हुँदा ओखलढुंगामा ल्याइएका विकासका कार्यक्रमहरू पूरा हुन सकिरहेका छैनन्’, उनले भने, ‘ती कार्यक्रम र आयोजनाहरू समयमा पूरा गराउन मैले नै दवाद दिन शुरु गरेको छु ।’
खतिवडाले केही दिन अगाडि ओखलढुंगाका विकास कार्यक्रम र आयोजना समयमा पूरा होस् भनेर भौतिक पूर्वाधार मन्त्री, सडक विभाग, अर्थमन्त्रीसँग भेट गरेर दवाव दिएको बताए ।
नेपाली कांग्रेसका नेता खतिवडा सुनकोशी पुलपछि निकै चर्चित मोलुङ खोला, मान्द्रेमा ठेकेदारको प्रतिनिधि, सडक विभागको इन्जिनियरलाई समेत लिएर पुल बन्ने स्थानमा गएका थिए ।
ओखलढुंगा जिल्लाकै मध्या भागमा पर्ने निकै महत्वपूर्ण मोलुङ खोलामाथी बन्ने मान्द्रे पुल समयमा नबन्दा लिखु, चम्पादेवी र सुनकोशी मात्र नभै पूरै जिल्लाबासी समस्यामा परेको खतिवडाले बताए ।
खतिवडाले पुल र सडकहरू समयमा पूरा हुनुपर्ने बताएका छन् ।
‘नेपाली कांग्रेस विकासको बाधक न हिजो थियो । न आज छ । न भोलि रहन्छ । मेरो मित्रले एउटा कार्यक्रममा नेपाली कांग्रेसले विकास गर्न दिएन भन्दै ठूलो स्वरमा कराउँदै हुनुहुन्थ्यो’, खतिवडाले भने, ‘त्यो मेयर होस् अथवा जे होस् नेपाली कांग्रेस ठेकेदारसंग सति जादैन ।’
दुईतिहाईको कम्युनिस्ट सरकारले पूल नबनाउने पप्पुलाई कारबाही गर्न डराएको खतिवडाले आरोप लगाए । उनले दुईतिहाइको सरकार पप्पुसँग डराएको बताए ।
ओखलढुंगाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका युवा नेता खतिवडा आफूलाई जिल्लाबासीसँग नजिक राख्दै आएका छन् ।
तर, ओखलढुंगाबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार जिल्लाको विकासभन्दा पनि काठमाडौंमा रमाइरहेको स्थानीयको आरोप छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया