तरुण नेता केसीले बिरामी चौधरीलाई दिए आर्थिक सहयोग
काठमाडौं । पछिल्लो समयमा आफ्नो जन्मदिनको अबसरमा आफ्ना आफन्त तथा साथीभाईलाई बोलाएर जन्मदिन मनाउने प्रचलन बढ्दै गएको बेला नेपाल तरुण दलका कार्यकर्ताले असाह्यलाई नगद रुपियाँ प्रदान गरेका छन् ।
ठाकुरबाबा नगरपालिका ६ का एक युवाले आफ्नो जन्मदिनको अबसरमा खर्च हुने रकम बचाएर दुर्घटनामा परेका १९ वर्षीय दीपेश चौधरीलाई सहयोग गरेका हुन् ।
ठाकुरबाबा नगरपालिका ६ का बबकाजी भनेर चिनिने विकास केसीले आफ्नो जन्मदिनको अबसरमा ठाकुरबाबा नगरपालिका ६ का १९ वर्षका चौधरीलाई नगद १० हजार रकम सहयोग गरेका छन् ।
६ महिना अगाडि सुर्खेतमा बाईक दुर्घटनामा स्पाइनरकडको समस्या भएका चौधरीलाई उपचारमा केही सहयोग मिलोस् भनेर नगद १० हजार रकम सहयोग गरेको तरुण कार्यकर्ता केसीले जानकारी दिएका छन् ।
पछिल्लो समय जन्मदिनको अबसरमा आफन्त साथीभाईसंग मिलेर गरिने फजुल खर्चलाई नियन्त्रण गरी केसीले दुःखमा परेका चौधरीलाई सानो भएपनि सहयोग गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया