यी हुन् नेविसंघको प्रस्तावित अध्यक्ष र तीन महामन्त्री
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा राजीव ढुंगानाको नाम अगाडि बढाएपछि नेता कृष्णप्रसाद सिटौला समूह निकटका कुन्दनराज काफ्ले तनावमा परेका छन् ।
नेविसंघ काफ्लेले कुनै पनि पद नपाउनेभएपछि बखेडा झिकेर नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् । काफ्लेले आफू निकटका विद्यार्थीलाई पार्टी कार्यालय सानेपामा पठाएर सभापति देउवाविरुद्ध नारावाजी गराएका हुन् ।
काफ्ले समूहले सभापति देउवालाई विधान विपरीत महाधिवेशन आयोजक समिति गठन गरे आमरण अनसन र समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहेका बेला सिटौला समूहका विद्यार्थीले प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
सिटौला समूहका विद्यार्थीको प्रदर्शनमा ‘नेविसंघमा विधान मिचे आमरण अनसन’, ‘हामी अरु जान्दैनौं–३२ माथि मान्दैनौं’, ‘आन्तरिक लोकतन्त्र सुनिश्चित गर’ जस्ता प्लेकार्ड लिएर प्रदर्शनमा उत्रिएका थिए ।
नेविसंघका लागि सभापति देउवाले ३ महामन्त्रीको प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
नयाँ कार्यसमितिमा रामचन्द्र पौडेल समूहबाट दीपक भट्टराई, कृष्णप्रसाद सिटौला समूहबाट बलदेव तिमिल्सिना र प्रकाशमान सिंह समूहबाट मनोज वैद्यको नाम महामन्त्रीमा अगाडि आएको छ ।
वैद्यले प्रकाशमान सिंहलाई छाडेर सभापति देउवा निकट हुन पुगेको चर्चा छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया