कांग्रेसभित्र बखेडा निकालेर रामचन्द्र पौडेल पूर्वतिर लागे, परिवारसँग रमाइलाे गर्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेर वरिष्ठ नेता रामचन्द्र पौडेल परिवारसहित धार्मिक भ्रमणमा निस्किएका छन् ।
पौडेलले आइतबार ताप्लेजुङको पाथीभरा देवीको मन्दिरमा पुगेर दर्शन गरेका छन् । नेता पौडेलले आफ्ना छोरा चिन्तन पौडेल, बुहारी, नातीलगायतलाई साथमा लिएर पाथीभरा मन्दिरको दर्शनमा निस्किएका हुन् ।
पाथीभरा भगवतीको दर्शन गरेका नेता पौडेलले केन्द्रीय कार्यसमिति र पार्टीभित्रको विवादलाई समाधानभन्दा पनि बल्झाएर राख्न खोजेको आरोप लागेको छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा बसेर सभापति शेरबहादुर देउवाले पेश गरेका एजेण्डामा बहस गर्न छाडेर नेता पौडेलले बैठक नै बहिस्कार गरेर धार्मिक भ्रमणमा निस्किएपछि पार्टीभित्र पौडेलको हर्कतलाई लिएर विभिन्न खालका टिकाटिप्पणी भएका छन् ।
नेता पौडेल आफू त बैठकमा सहभागी भएनन् । आफू निकटका नेताहरूलाई पनि बैठकमा सहभागी हुन दिएनन् ।
सभापति देउवाले सहमति खोज्न पौडेललाई घरमै पुगेर शनिबार कुरा गरेका थिए । पौडेलले देउवालाई खालीहात फिर्ता पठाइदिएका थिए ।
वरिष्ठ नेता पौडेल सहमति खोज्नेभन्दा पनि विवाद खडा गरेर नेपाली कांग्रेसलाई नोक्सान पु¥याउने गतिविधिमा लागेको आरोप छ ।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेपछि वरिष्ठ नेता पौडेल आइतबार बिहान परिवारसहित पाथिभरा मन्दिर पुगेका हुन् ।
सभापति देउवाले केन्द्रीय कार्यसमितिको कार्यकाल कम्तिमा एक वर्ष बढाउने प्रस्ताव गरेपछि पौडेल असन्तुष्ट बनेका छन् ।
केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेर पाथिभरा पुगेका वरिष्ठ नेता पौडेलको धार्मिक भ्रमणलाई राजनीतिक रुपमा हेरिएको छ ।
आइतबार बस्ने केन्द्रीय कार्यसमितिको बैठक पौडेल पक्षको सहमति बिनै संचालन गर्ने तयारीमा देउवा जुटेका छन् ।
हुन त केन्द्रीय कार्यसमितिको बैठकलाई केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला समूहले पनि आइतबारको बैठक बहिस्कार गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया