कतार च्यारिटीका डाइरेक्टरविरुद्ध विभागमा उजुरी, एम्बेसीभित्र खैलाबैला
काठमाडौं । अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था (आईएनजिओ) कतार च्यारिटीका कन्ट्री डाइरेक्टर पदमा कार्यरत मौले अब्देल अजित गैह्र कानूनी रुपमा नेपाल बसेको भन्दै कारबाहीको माग राखेर अध्यागमन विभागमा उजुरी परेको छ ।
अजितविरुद्ध विभागमा मंसिर ८ गते लिखित उजुरी परेको हो । विदेशी नागरिक अजितले गैह्र कानूनी रुपमा तलब भत्ता लिएको भन्दै कारबाहीको माग गरिएको निवेदनमा उल्लेख छ ।
अध्यागमन विभागको दर्ता नम्बर ७५१ रहेको उजुरी मंसिर ८ गते दर्ता भएको थियो । विभागले गैह्र कानूनी रुपमा नेपालमा बसेर तलब भत्ता लिएका अजितका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
अजित दोषी ठहरिए कैद सजाय, जरिवाना वा देश निकालासम्म गर्न सक्ने कानूनमा उल्लेख छ ।
कतार च्यारिटीका कन्ट्री डाइरेक्टर पदमा श्रम ऐन, २०७४ को दफा २२, २३ विपरित नियुक्ति गरेको भनि गैह्र कानूनी रुपमा तलब भत्ता वितरण गरेको र अजितले पनि नेपालको प्रचलित कानूनलाई कुनौती दिएको भन्दै विभागमा उजुरी परेको छ ।
कतार च्यारिटीका अजित नेपालमा गैह्र कानूनी रुपमा बसेको समाज कल्याण परिषदको पत्रमा उल्लेख छ । तर, परिषदले नै पुनः अजितलाई भिषा उपलब्ध गराउन सहयोग गरेको छ । परिषदले छानविन गरेर कारबाही गर्नुको साटो अबैध रुपमा नेपाल बसेका अजितलाई भिषा दिलाउन देखाएको सक्रियतामाथि प्रश्न उब्जिएको छ ।
अजितलाई श्रम कार्यालय नयाँबानेश्वरले पनि भिषा दिनका लागि प्रक्रिया अगाडि बढाएको छ । अजित गैह्र कानूनी रुपमा नेपाल बसेकोमा अनुसन्धान गरेर कारबाही गर्न श्रम कार्यालयले चासो नदेखाएको आरोप छ ।
पर्यटकको भिषामा अजितले तलब, भत्ता लिएको रहस्य बाहिर आएपछि कतार च्यारिटी र नेपालका लागि कतार एम्बेसीमा खैलाबैला भएको छ ।
समाचार लिक भएपछि कतार च्यारिटीका कन्ट्री डाइरेक्टर अजितले पत्रकारलाई प्रभावमा पार्न आफ्ना कर्मचारी इरसाद अलि शेखलाई पठाएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया