कम्युनिस्ट किल्ला ओखलढुंगामा नेकपाका थुप्रै नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

ओखलढुंगा । ओखलढुंगा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

चिशंखुगढी गाउँपालिका वडा नम्बर ६ मा शनिबार आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा १७६ जना नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस प्रवेश गर्नेमा नेकपाका तत्कालीन उपाध्यक्ष केशरबहादुर थापा मगर, डिकबहादुर बिक, खेमबहादुर थापा मगर, कविता थापा मगर, लेखराज कार्की तथा स्वतन्त्र युवाहरूसहित १७६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसमा रहेर पार्टीलाई योगदान गरेको विभिन्न २१३ जनालाई सम्मान पनि गरिएको छ ।

नव प्रवेशीहरूलाई नेपाली कांग्रेस ओखलढुंगाका पार्टी सभापति प्रदीपकुमार सुनुवार, पूर्वसांसद एवम् नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा र केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानका सदस्य खिलानाथ दहाल, जिल्ला नेता दिल्ली खनाल, तेजेन्द्र खनालले स्वगत गरेका थिए ।

Published : Saturday, 2019 December 14, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया