तिलक राईलाई भेट्न डा.केसी काठमाडाैंबाट धरान आए

धरान । वामपन्थी एवम् राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले धरान आएर नवनिर्वाचित मेयर तिलक राईलाई राजनीतिक आग्रह पूर्वाग्रह नराखी जनअपेक्षित काम आग्रह गरेका छन् ।

धरान उपमहानगरपालिका वडा नम्बर ८ का मतदाताबीच शनिबार आयोजित धन्यवाद ज्ञापनका लागि आयोजित घरदैलोमा रहेका मेयर राईलाई भेट्न डा.केसी घरदैलो कार्यक्रममा आएका थिए ।

कम्युनिष्टको गढमा पहिलो पटक नेपाली कांग्रेसका उम्मेदवारको रुपमा विजयी भएका राईलाई बधाई तथा शुभकामना दिन शनिवार काठमाडौंबाट धरान आएका डा.केसीले देशभर तिलक राईको चर्चा भएको सुनेर आफूलाई तिलक राई कस्ता व्यक्ति रहेछन् भनेर कौतुहलता जागेर प्रत्यक्ष भेट्न धरान आएको बताए ।

डा.केसीले मेयर पद साझा भएकाले राजनीतिक दलका आधारमा पक्षपात नगरी नगरबासीको हितका कार्य गर्न राईलाई सल्लाह समेत दिए ।

डा.केसीलाई धन्यवाद दिदै मेयर राईले जनतामाझ सेवकको रुपमा कार्य गर्ने बताउँदै धरानको विकासमा राजनीति नगर्ने र गर्न पनि नदिने बताए ।

मेयर राईले विकास निर्माणको काम जनतासंग मिमिजुली गर्ने बताउँदै स्थानीय सरकारमा पक्ष विपक्ष नहुने बताए ।

मंसिर १४ गते सम्पन उपनिर्वाचनबाट धरानको मेयरमा निर्वाचित भएपछि परिवर्तनको पक्षधर राई विजयी उत्सवको रुपमा मतदातामाझ धन्यवाद ज्ञापन गर्न धरदैलोमा व्यस्त छन् ।

३० गतेसम्म रहेको धन्यवाद कार्यक्रममा राई टोल टोलमा घर घरमा पुगीरहेका छन् ।

Published : Saturday, 2019 December 14, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया