क्षीरेश्वरमा बम विस्फोट, बाबुछोराको मृत्यु

जनकपुरधाम । धनुषा जिल्लाको क्षीरेश्वर नगरपालिका वडा नम्बर ५ कुसाई टोलमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्राबार राति कुसाई टोलस्थित एक औषधि व्यवसायीको घरमा भएको बम विस्फोटमा घरधनी राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ४ सुरक्षाकर्मी घाइते भएका छन् ।

स्थानीयवासीले दिएको जानकारी अनुसार स्थानीयस्तरमा निजी मेडिकल स्टोर सञ्चालन गर्दै आएका मृतक राजेशको घरमा राति शंकास्पद वस्तु देखा परेको थियो ।

उनले नजिकको महेन्द्रनगरस्थित ईलाका प्रहरी चौकीलाई सूचना दिएका थिए । सूचना पाएलगतै सुरक्षाकर्मीहरू घटनास्थल पुगेका थिए ।

सुरक्षाकर्मीहरू राजेश साहको घर पुग्दा शंकास्पद वस्तु विस्फोट भई बाबु–छोराको मृत्यु भएको थियो । बम विस्फोटमा सुरक्षाकर्मी घाइते भएका थिए ।

घाइते सुरक्षाकर्मीहरूलाई उपचारका लागि राति नै धरान लगिएको थियो ।

प्राप्त जानकारीअनुसार महेन्द्रनगर ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमिरकुमार दाहालको अवस्था चिन्ताजनक छ । प्रहरी उच्च पदाधिकारीहरु घटनास्थलर्फ खटिएका छन् ।

Published : Saturday, 2019 December 14, 8:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया