दुःख पाएका गरिब जनताको उद्धारमा खटिइन् हरिप्रभा खड्गी, पाइन् आशीर्वाद

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले टुँडीखेलमा बिरामी भएर दुःख पाएकी एक महिलाको उद्धार गरेर उपचार गराएकी छिन् ।

बिहीबार राति काठमाडौं महानगरपालिकाका कर्मचारी, मानव सेवा आश्रमका सदस्यहरूलगायतसँग टुँडीखेल पुगेकी उपमेयर खड्गीले ती महिलाको उद्धार गरेकी हुन् ।

उद्धार गरिएकी महिला लामो समयदेखि बिरामी भएर सुतेकै ठाउँमा दिसापिसाब गर्ने अवस्थामा पुगेकी थिइन् । उनको वीर अवस्पतालमा उपचार भएको छ ।

काठमाडौं महानरपालिकाले ‘बेसहारा अभिभावकबिहीन सहयोगापेक्षी सडक आश्रित मानव मुक्त काठमाडौं महानगरपालिका घोषणा एवं निर्माण महाअभियान’ चलाएको छ । यो अभियानमा मानव सेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान)ले साथ दिएको छ ।

काठमाडौं महानगरपालिकाका सडक, मन्दिर र सार्वजनिक स्थानमा रहेका बेसहाराहरूलाई उद्धार गरेर उपचार गर्नेदेखि मानव सेवा आश्रममा राखेर खानपान र बासस्थानको कार्य गरिनेछ ।

उपमेयर खड्गीले मंसिर २९ गते काठमाडौं महानगरपालिकाभित्र रहेका बेसहारा र असायहरूलाई आफन्तको जिम्मा लगाइने बताइन् । आफन्त नभएकालाई महानगरले नै हेरबिचार गर्ने उनले बताइन् । २८ गतेसम्म उपमेयर खड्गी आफै असाहय र बेसहाराहरूको उद्धारमा खटिनेछिन् ।

‘बुधबारदेखि काठमाडौंका सडक, मन्दिर, सार्वजनिक स्थान लगायतमा रहेका बेसहारा, असाय, बिरामी आदिलाई उद्धार गरेका छौँ । उहाँहरूलाई सरकारी अस्पतालमा उपचार गराइनेछ’, उनले भनिन्, ‘आफन्त भएकाहरूलाई आफन्तको जिम्मा लगाइनेछ । आफन्त नभएकालाई मानव सेवा आश्रममा राखिनेछ ।’

शुक्रबार राति पनि उपमेयर खड्गी मान सेवा आश्रमका सदस्य तथा कर्मचारीहरूसँग बेसहाराहरूको उद्धारमा जानेछिन् । काठमाडौंमा शुक्रबार अत्याधिक चिसो बढेको छ । चिसोमा कठ्याङ्ग्रिएकाहरूलाई पनि उनले उद्धार गर्नेछिन् ।

यो अभियानमा काठमाडौं महानगरपालिकाले केही बजेट छुट्टाएर मावन सेवा शुरु गरेको हो । काठमाडौं महानगरपालिकाकी उपमेयर खड्गीले बेसहारा र असायहरूलाई निःशुल्क उपचार गर्न वीर, कान्ति, टिचिङ, प्रसुतिलगायतका सरकारी अस्पताललाई आग्रह गरिएको जानकारी दिइन् ।

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपमेयरमा विजयी भएकी खड्गीले आफूलाई दीनदुःखीहरूको सेवा पनि केन्द्रित गराउन थालेकी छिन् । उनले आफूलाई सकेसम्म अधिकांश समय जनताको सेवामा समर्पण गर्ने गरेकी छिन् ।

Published : Friday, 2019 December 13, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया