पूर्वप्रधानमन्त्री र जापानी राजदूतद्वारा ईनामी सेन्टरको उद्घाटन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि जापानी राजदूत मासामिची सागोइले संयुक्त रुपमा जापान भाषा कक्षाको उद्घान गरेका छन् ।

काठमाडौंको गंगाबु चोक नजिकै जापान र नेपालका नागरिकहरू मिलेर खोलिएको ईनामी नेपाल केयर एण्ड ट्रेनिङ सेन्टरको शुक्रबार उद्घाटन गरिएको हो ।

जापानमा रोजगारीमा जान चाहने व्यक्तिहरूलाई लक्षित गरेर ईनामीले ट्रेनिङ सेन्टर खोलिएको छ । सेन्टरमा जापानमा केयर गिभरले गर्ने काम र भाषाहरूका बारेमा प्राविधिक रुपमा ट्रेनिङ दिइनेछ ।

पूर्वप्रधानमन्त्री खनालले जापानमा दक्ष नेपाली जनशक्ति लैजानका लागि भइरहेका प्रयासहरूको प्रशंसा गरे ।

नेपालका लागि जापानका राजदूत मासामिची सागोइले नेपालबाट जापानले दक्ष जनशक्ति लैजान चाहेको बताए ।

जापानमा ख्याती कमाएको ईनामी ग्रुपले नेपालमा आधिकारिक रुपमा भाषा र ट्रेनिङको शुरुवात गरेको छ ।

Published : Friday, 2019 December 13, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया