ट्राफिक र संघबीच सहकार्य, कोटेश्वरमा जनचेतना कार्यक्रम

काठमाडौं । महानगरीय ट्राफिक महाशाखा र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ट्राफिक जनचेतना कार्यक्रम संयुक्त रुपमा सञ्चालन गरेका छन् ।

एक हप्ता आप्रवाशन दिवस मनाउने क्रममा शुक्रबार बिहान संघ र ट्राफिक प्रहरीले कोटेश्वरमा जनचेतना अभियान चलाएका हुन् ।

उनीहरूले ट्राफिक नियमका बारेमा सर्वसाधारण र चालकहरूलाई पालना गराउनेबारेमा जानकारी गराएका थिए ।

बालाजु, गौशाला, एअरपोर्ट, कलंकीमा जनचेतना कार्यक्रम मनाइएको लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष एवम् वैदेशिक रोजगार व्यवसायी प्रज्ञान न्यौपानेले जानकारी दिए ।

वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलको नेतृत्वमा संघका सल्लाहकार विमल ढकाल, प्रज्ञान न्यौपाने, कृष्ण जैशी, माधव भुर्तेल, असगर अलीलगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2019 December 13, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया