नेपालका ११ सम्पदाको संरक्षणमा भारतले सहयोग गर्ने

काठमााडैं । नेपालमा ११ वटा साँस्कृतिक सम्पदाको भूकम्प पश्चातको पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा भारत सरकारको तर्फबाट काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा हेरिटेजका सदस्य सचिव श्रीमती डा.सीटी मिश्राले हस्ताक्षर गरेका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले सो समारोहमा उपस्थिति जनाएका थिए ।

हेरिटेजले काठमाडांै, ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्नेछ ।

साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुरुप साँस्कृतिक सम्पदाहरूको पुनर्निर्माण तथा संरक्षणका लागि

हेरिटेजले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर काम गर्नेछ ।

भारत भर १९० भन्दा बढी शाखाहरू रहेको हेरिटेज विश्वको सबैभन्दा ठूलो साँस्कृतिक सङ्घठनहरूमध्येकोे एक हो ।

सन् २००७ मा संयुक्त राष्ट्र संघ आर्थिक तथा सामाजिक परिषदका लागि हेरिटेजलाई विशेष परामर्शदात्रीको रुपमा लिइएको थियो ।

Published : Thursday, 2019 December 12, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया