अवैध कारोबार र ह्याकिङ प्रकरण १७ बैंकमाथि अनुसन्धान, धेरैकाे हाेस् उड्याे
काठमाडौं । महानगरीय अपराध महाशाखाले ह्याकरहरुले कारोबार गर्दै आएका १७ वटा बैंकहरूमाथि अनुसन्धान थालेको छ । विदेशी ह्याकर काले भनिने पिटर समूहका सदस्यहरूअवैध कारोबार र ह्याकिङ प्रकरण १७ वटा बैंकमाथि अपराध महाशाखाको अनुसन्धान पक्राउ परेसँगै अबैध कारोबारको अनुसन्धानका लागि बैंकहरूमाथि छानविन गर्न लागिएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए । कतिपय बैंकहरूले पूर्ण विवरण नै नराखी खाता खोलेका ग्राहकहरूको सूचना नदिदा प्रहरीलाई अनुसन्धानमा कठिनाइ समेत भएको छ । प्रहरीले अवैध कारोबार भएका खातावालाहरूको विवरण माग्दा बैंकहरूले दिन नमान्नु नै शंकास्पद देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी बताउँछन् ।
१५ जना पीडितहरूले उजुरी दिएको अधारमा महाशाखाको टोलीले दोलखा फूलपा गाविस–२ का ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्राम नगरपालिका–१७ का ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र सोही स्थानका १९ वर्षीय सन्दीप कलवारलाई पक्राउ गरी अनुसन्धान थालेको हो । महाशाखाका अनुसार उनीहरूले भाइबर, ह्वाट्सअफ, इमो, फेसबुक जस्ता समाजिक सञ्जालको प्रयोग गरी चिट्ठा परेको छभन्दै विभिन्न व्यक्तिहरूलाई फोन गरी ठगी गर्दै आएका थिए । एसएसपी थापाका अनुसार उक्त समूहमा १० जना भारतीय नागरिक समेत सक्रिय रहेका छन् । सोही समूहले कृषि विकास बैंक र पानश रेमिट ह्याक गरेर रकम हिनामिना गरेको पनि खुलेको छ ।
भर्खरै खोलिएका खातामा करोडौंको अबैध कारोबार देखिएकाले महाशाखाले अनुसन्धान थालेको हो । एसएसपी थापाका अनुसार पक्राउ परेका ह्याकार समूहले अनलाइन माध्यमबाट र ह्याक गरेर ठगी गरेको रकम १७ वटा बैंक खाता खोल्न लगाई कारोबार गर्दै आएका थिए । उक्त समूहले बैंक अफ काठमाडौं, प्रभु बैंक, मेगा बैंक, हिमालयन बैंक, सनराईज बैंक, सिटिजन बैंक, नविल बैंक, लुम्बिनी बिकास बैंक, माछापुच्छ्रे बैंक, एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, स्टाण्डर्ड च्याटर बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंकमार्फत कारोबार गर्दै आएको खुलेको छ । प्रहरीका अनुसार ह्याकर समूहले नेपालमा उक्त काम गर्नको लागि ४० भन्दा बढी नेपाली एजेण्टहरू खटाएको छ । उनीहरूले हालसम्म विभिन्न बैंकहरुमार्फत १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रूपमा कारोबार गरेको भेटिएको छ ।
नाईजेरियन तथा भारतीय नागरिकहरू भारतको दिल्ली, मुम्बई, पाकिस्तान, चीन, तान्जानिया, इथियोपियातथा बेलायतमा बसेर यी तीनै जनालाई प्रयोग गर्दै आएको समेत खुलेको महाशाखाले जनाएको छ । उनीहरूले करोडौं रकम ठगी गर्नुको साथै नेपालका बैंक तथा वित्तीय संस्थाहरू समेत ह्याक गरी उक्त रकम नेपालका विभिन्न बैंक तथा वित्तिय संस्थाहरूमार्फत १५ देखि २० प्रतिशत नेपाली नागरिकलाई दिने र बाँकी सम्पूर्ण रकम विभिन्न माध्यमबाट भारत पठाउने गर्दै आएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।
एजेण्टहरूले ठगी गरेको रकम कारोवार गर्न प्रयोग गरेका बैंकहरू समेत ह्याक भएको हुन सक्ने सम्भावना रहेको पनि महाशाखा स्रोत बताउँछ । तर, बैंकहरुले भने यस बारेमा प्रहरीलाई कुनै जानकारी दिएका छैनन् । (यूनाइटेड पाेष्ट साप्ताहिकबाट साभार)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया