ओलीले बालुवाटारको डेरा सारे

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् ।

२९ करोडमा नयाँ भवन बनाउन पुरानो भवन भत्काउन थालिएपछि ओलीले पुरानो भवन छाडेका हुन् ।

सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन शुरु गरेको छ ।

भवनको टायल र भित्रका सामान धमाधम निकालिंदैछ । पुरानो भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्नेछ ।

प्रधानमन्त्री ओलीको पुरानो निवास भत्काउन करीब एक महिना लाग्नेछ ।

प्रधानमन्त्री ओलीलाई मुख्यसचिवको सरकारी निवासमा सारिएको छ ।

भवनका भग्नावशेषको फोहोर र निर्माणको सामाग्रीले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा असर पर्ने भएकाले उनलाई मुख्यसचिवको निवासमा सारिएको छ ।

नौं दिन अस्पतालमा उपचार गराएर प्रधानमन्त्री ओलीले आराम गर्दै आएका छन् ।

मुख्यनिवासमा रहँदै आएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भने सभामुखनिवासमा सारिएको छ ।

Published : Tuesday, 2019 December 10, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया