कांग्रेसको मागले सुदूरपश्चिमको कम्युनिस्ट सरकार ब्युझियो
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको कम्युनिस्ट प्रदेश सरकारलाई संसदलाई बिजनेश दिन आग्रह गरेको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा.रणबहादुर रावलको नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मंगलबार भेट गरी प्रदेश संसदलाई विजनेश दिन आग्रह गरेका हुन् ।
टोलीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपका प्रदेश सदस्यहरू सहभागि रहेका थिए ।
६ महिना मात्रै बाँकी रहँदा पनि विकासे काममा नलागी सुदूरपश्चिम प्रदेश सरकार उद्घाटन र गोष्ठीमा मात्रै सीमित रहेको प्रतिपक्षी दलहरूको आरोप छ ।
नेपाली कांग्रेसका नेता डा.रावलले प्रदेशको विकास र सम्बृद्धिमा लग्न प्रदेशको कम्युनिस्ट सरकारलाई सुझाव दिए ।
आफ्नै प्रदेशको भूमि मिच्दा पनि प्रदेशको कम्युनिस्ट सरकार कानमा तेल हालेर बसेको डा. रावलको आरोप छ ।
सिमानाको रक्षामा लाग्न सुदूरपश्चिम प्रदेशको कम्युनिस्ट सरकारलाई दबाब दिएको उनले बताए ।
मुख्यमन्त्री भट्टले संसद चाडो खोलेर विकासका मुद्धामा केन्द्रित रहने बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया