धरानमा तरुणहरूले गरे सफाइ, देखाए अनुशासन
धरान । नेपाल तरुण दलले धरान उपमहानगरपालिकाको मतगणनाका बेला निर्वाचन कार्यालय आसपास भएको फोहर उठाएर सफाइ गरेको छ ।
नेपाली कांग्रेसकी नेतृ एवम् नेपाल तरुण दलकी पूर्व केन्द्रीय सदस्य लक्ष्मी खतिवडाको नेतृत्वमा धरानस्थित निर्वाचन कार्यालय आसपास भएको फोहर सोमबार सफाइ गरिएको हो ।
निर्वाचन कार्यालय अगाडि जम्मा भएका विभिन्न दलका नेता तथा कार्यकर्ताहरूले फोहर फालेका थिए । ती फोहरहरू संकलन गरेर तरुणहरूले अनुशासन र आफ्नो शहर आफै सफा राख्नुपर्छ भन्ने सन्देश दिएका छन् ।
धरान उपमहानगरपालिकाको मेयरका लागि भएको मतगणनाका क्रममा भएको फोहरलाई तरुणहरूले सफाइ गरेको जनाइएको छ ।
सफाइ कार्यक्रममा तरुणका साथै नेपाल आदिवासी जनजाती संघ सुनसरी र नेपाली कांग्रेस वडा नम्बर १८ ले संयुक्त रुपमा सरसफाई गरेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार तिलक राई धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचन भएका छन् ।
तीस वर्षदेखिको कम्युनिस्टहरूको आधिपत्य भत्काउँदै नेपाली कांग्रेसले धरानमा जित निकालेको हो ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया