कांग्रेसले अब धरानलाई कहिल्यै हार्न दिनेछैनः रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले धरानका जनताले कांग्रेसका तिलक राईलाई विजयी बनाएको भन्दै धरानका मतदाता र जनतालाई धन्यावाद दिएका छन् ।
नेपाली कांग्रेसका युवा नेता खतिवडाले इतिहासमा पहिलो पटक धरानमा नेपाली कांग्रेसले विजयको सुरुवात गरेको बताए ।
‘सधैं धरानले कम्युनिस्टलाई जिताउने, आफू हार्ने काम गर्यो’, उनले ट्वीट गर्दै भनेका छन्, ‘अब आफू पनि जित्ने र धरानपनि जिताउन सफल हुनुहोस् ।’
‘सबैभन्दा प्रिय मतदाता र अन्य सबै सहयोग गर्नेलाई हार्दिक बधाई । तिलक राईज्यूलाई सफल कार्यकालको शुभकामना ।’
तिलक राईको चुनावी अभियानका क्रममा नेपाली कांग्रेसका युवा नेता खतिवडाले धरानका जनतालाई एक पटक कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा भोट होलेर धरानको मुहार फेर्न आग्रह गरेका थिए ।
त्यति मात्रै होइन सधैँ कम्युनिस्टहरूलाई जिताएको धरानले कम्युनिस्ट नेताहरू पदमा पुर्याए पनि धरान आफू भने सधैँ विकासबाट अझोलमा परेको खतिवडाले बताएका थिए ।
खतिवडासहितका नेपाली कांग्रेसका नेताहरूले भने जस्तै अब तिलक राईको नेतृत्वमा धरानले विकासको मुहार फेर्नेछ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया